Section 24A
कार्यसम्पादनको मूल्यांकन
(१) निजामती कर्मचारीको कार्यसम्पादनको मूल्यांकन गर्न तोकिएबमोजिमको कार्यसम्पादन मूल्यांकन फाराम प्रयोग गरिनेछ ।
(२) निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनको कुल अंकको विभाजन देहायबमोजिम हुनेछ ः–
(क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम पच्चीस अंक
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम दश अंक
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम पाँच अंक
(३) सुपरीवेक्षक, पुनरावलोकनकर्ता, पुनरावलोकन समितिले निजामती कर्मचारीहरूको कार्य सम्पादनबापत अंक दिंदा यस दफा र कार्य सम्पादन मूल्यांकन फाराममा उल्लिखित आधार अनुरूप दिनुपर्नेछ ।
(४) राजपत्राड्ढित निजामती कर्मचारीको कार्यसम्पादन मूल्याड्ढन अर्धवार्षिक र वार्षिक रूपमा तथा राजपत्र अनड्ढित कर्मचारीको लागि वार्षिक रूपमा गरिनेछ ।
(५) उपदफा (४) बमोजिम अर्धवार्षिक रूपमा कार्यसम्पादन मूल्यांकन गर्दा सो अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित राजपत्राड्ढित कर्मचारीले निर्धारित कार्यहरू, सम्पादित कार्यहरू, कुनै कार्य सम्पन्न हुन नसकेको भए त्यस्तो सम्पन्न हुन नसकेका कार्यहरू र त्यसको कारणसहित उल्लेख गरी तोकिएको ढाँचामा दुईप्रति फाराम भरी सुपरिवेक्षकसमक्ष पेस गर्नुपर्नेछ । त्यसरी पेस भएको फाराम सुपरिवेक्षकले मूल्यांकन गरी पृष्ठपोषण दिनुपर्ने कुरा फारामको निर्दिष्ट स्थानमा नै उल्लेख गरी अर्को सात दिनभित्र एक प्रति सम्बन्धित कर्मचारीलाई फिर्ता दिनुपर्नेछ ।वार्षिक कार्यसम्पादन मूल्यांकन गर्दा अर्धवार्षिक रूपमा भरिएका प्रत्येक कार्यसम्पादन मूल्यांकन फारामको समेत आधार लिनुपर्नेछ । अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फाराम निर्दिष्ट समयमा नभर्ने कर्मचारी र त्यसको जाँच गरी पृष्ठपोषण नदिने सुपरिवेक्षकलाई अख्तियारवालाले विभागीय कारबाही गर्न सक्नेछ ।
(६) वार्षिक रूपमा मूल्यांकन गर्नुपर्ने कार्यसम्पादन मूल्यांकन राजपत्र अनड्ढित कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा विभागीय प्रमुखले तोकिएको अवधिभित्र मूल्यांकन गरी, गराई त्यसको तीन प्रति तयार गरी एक प्रति लोकसेवा आयोग, एक प्रति बढुवा समितिको सचिवालयमा पठाई अर्को एक प्रति सम्बन्धित कार्यालयमा राख्नुपर्नेछ । एक वर्षमा एकभन्दा बढी कार्यालयमा कार्यरत कर्मचारलिे सरुवा भई रमाना लिई आउँदा तोकिएबमोजिमको ढाँचामा सम्बन्धित सुपरिवेक्षकबाट कार्यसम्पादन मूल्यांकन फाराम भराई सो समेत लिई
आउनुपर्नेछ । वार्षिक कार्यसम्पादन मूल्यांकन गर्ने सुपरिवेक्षकले त्यसरी प्राप्त साविक कार्यालयको सुपरिवेक्षकको मूल्यांकनलाई समेत आधार लिनुपर्नेछ । राजपत्रांकित निजामती कर्मचारीको हकमा सम्बन्धित मन्त्रालय,सचिवालय वा आयोग वा केन्द्रीय निकायको सचिवले तोकिएको अवधिभित्र मूल्यांकन गरी गराई त्यसको तीन प्रति तयार गरी एक प्रति लोकसेवा आयोग र एक प्रति बढुवा समितिको सचिवालयमा पठाई अर्को एक प्रति सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोग वा केन्द्रीय निकायमा राख्नुपर्नेछ । कार्यसम्पादन मूल्यांकन गर्ने प्रत्येक निकायले तोकिएको अवधिभित्र आफूले मूल्यांकन गरेको फाराम पेस गर्नुपर्ने निकायमा पठाएको नामावलीसहितको सूचना सात दिनभित्र आफ्नो कार्यालयको सूचना पाटीमा प्रकाशन गर्नुपर्नेछ ।
(६क) प्रत्येक निजामती कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्यांकन फाराम भरी तोकिएको समयावधिभित्र सम्बन्धित कार्यालयमा दर्ता गर्नुपर्नेछ । त्यस्तो अवधिभित्र दर्ता गर्न नसकी सोको मनासिब कारणसहित म्याद थपको लागि सम्बन्धित कर्मचारीले निवेदन दिएमा र सुपरिवेक्षकले निवेदनमा उल्लेखित कारण मनासिब देखेमा तोकिएको समयावधि समाप्त भएको मितिले पन्ध्र दिनसम्मको म्याद थप गर्न सक्नेछ । त्यसरी थपिएको म्यादभित्र सोही आर्थिक वर्षभित्रै कार्यसम्पादन मूल्यांकन फाराम दर्ता हुन आएमा दर्ता भएको कार्यसम्पादन मूल्यांकन फाराममा मूल्यांकनबापत कुल प्राप्ताड्ढबाट पुनरावलोकन समितिले एक अंक घटाउनेछ ।
तर कार्यसम्पादन मूल्यांकन फाराम भर्ने समयावधिमा कुनै निजामती कर्मचारी वैदेशिक तालिम, गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा जानुपर्ने अवस्था परेमा त्यसरी जानुभन्दा अगावै कार्यसम्पादन मूल्यांकन फाराम भरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्नेछ । त्यसरी दर्ता भएको कार्यसम्पादन मूल्यांकन फारामलाई निर्धारित समयमै दर्ता भएको मानी मूल्यांकन गर्नुपर्नेछ ।
(६ख) निजमती कर्मचारीले समयमा नै भरी दर्ता गरेको कार्यसम्पादन मूल्यांकन फाराम
तोकिएको अवधिभित्र मूल्यांकन नगर्ने पदाधिकारीलाई विभागीय कारबाही गरिनेछ ।
(६ग) प्रत्येक वर्ष गरिने वार्षिक कार्यसम्पादन मूल्यांकन पुनरावलोकन समितिबाट भइसकेपछि सम्बन्धित कर्मचारीले त्यस वर्ष प्राप्त गरेको कार्यसम्पादन मूल्यांकनको कुल अंक निजले निवेदन दिई माग गरेमा पुनरावलोकन समितिको सचिवालयले जानकारी दिनुपर्नेछ ।
तर पुनरावलोकन समितिले दिएको अंक जानकारी गराइने छैन ।
६घ) उपदफा (६ग) बमोजिम जानकारी लिएपछि सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्यांकन कुनै कर्मचारीलाई चित्त नबुझेमा सोको ठोस आधार र कारणसहित सात दिनभित्र तोकिएबमोजिमको अधिकारीसमक्ष उजुरी गर्न सक्नेछ । त्यसरी उजुरी गरेकोमा त्यस्तो अधिकारीले उजुरीउपर सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्तासंग परामर्श गरी आवश्यक छानबिन गर्नेछ र आवश्यक देखिएमा त्यस्तो मूल्यांकन फाराममा प्राप्त अंक तोकिएबमोजिम संशोधन गर्न सक्नेछ ।
(७) वार्षिक रूपमा गरिने कार्य सम्पादन मूल्यांकनबापत सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले ९५ प्रतिशतभन्दा बढी वा ७५ प्रतिशतभन्दा कम अंक प्रदान गरेकोमा सोको स्पष्ट कारण खुलाउनुपर्छ र ७५ प्रतिशतभन्दा कम अंक दिएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समितिसमक्ष पेश
गर्नुपर्नेछ । कार्य सम्पादन मूल्यांकनमा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको सो मूल्यांकन चित्त नबुझेमा सोको स्पष्ट कारणसमेत खुलाई फिर्ता पठाउन सक्नेछ । त्यसरी फिर्ता पठाएकोमा सम्बन्धित मूल्यांकनकर्ताले पुन मूल्यांकन गरी वा पहिले गरेको मूल्यांकनमा संशोधन गर्न आवश्यक नभए सोकोऔचित्यपूर्ण कारण खुलाई पठाउनुपर्नेछ ।
(८) कार्यसम्पादन मूल्यांकनको प्रयोजनको निमित्त अंक गणना गर्दा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्य सम्पादन मूल्यांकन फारामको औसतबाट हिसाब गरिनेछ ।
तर, (१) अध्ययन वा तालिममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा निलम्बन अवधिको कार्यसम्पादन मूल्यांकबापत त्यस्तो अध्ययन वा तालिममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिको कार्यसम्पादन मूल्यांकन भएमा सोही वर्षको र त्यस्तो कार्यसम्पादन मूल्यांकन नभएमा हाजिर भएपछि भरेको
कार्यसम्पादन मूल्यांकनमा जति अंक पाएको छ सोही अनुपातमा नै अंक गणना गरिनेछ ।
(२) असाधारण बिदामा बसेको अवधिलाई कटाएर मात्रै सम्भाव्य उम्मेदवारीको हिसाब गरिनेछ र त्यस्तो बिदा अवधिको कार्यसम्पादन मूल्यांकन फाराम भरिने छैन । असाधारण बिदामा बसेको कर्मचारीको कार्यसम्पादनमूल्यांकनको प्रयोजनको निमित्त अंक गणना गर्दा असाधारण बिदामा बसेको अवधि कटाई सोभन्दा अगाडि वा पछाडिका वर्षहरूका बढुवाको लागि आवश्यक पर्ने अवधिको कार्यसम्पादन मूल्यांकनबापतको अंक गणना गरिनेछ ।
(९) ………
(१०) कार्यसम्पादन मूल्यांकनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।